बिमा प्राधिकरणमा निर्देशकहरुको जिम्मेवारी हेरफेर, को कहाँ ?

1.2k
Shares


काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ । उपनिर्देशकबाट बढुवा भएकाहरुको पदस्थापन तथा जिम्मेवारी हेरफेर भएको हो । प्राधिकरण्को अध्यक्ष शरद ओझाले ६ जना निर्देशकलाई विभिन्न महाशाखा प्रमुखको जिम्मेवारी तोकेको हुन् ।

प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदी कार्यकारी निर्देशकमा बढुवा भएको र अन्य ३ वटा निर्देशक पद पनि रिक्त भएपछि हालै मात्र ४ जना उपनिर्देशककबाट निर्देशकमा बढुवा भएका थिए ।

बिहीबार देखि लागू हुने गरी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरी निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा र निर्देशक पुजन ढुंगेल (अधिकारी) लाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिएको प्राधिकरणले जनाएको छ ।

हालै निर्देशकमा बढुवा भएका शाम्भराज लामिछानेलाई नियमन महाशाखा, ध्रुब तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा, निर्मल अधिकारीलाई बीमालेख महाशाखा र कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी सम्हाल्ने गरी पदस्थापना गरिएको प्राधिकरणले जनाएको छ ।