क्यानको वर्गीकरणः ए ग्रेडमा सन्दीप लामिछाने, बी ग्रेडमा कुशल भुर्तेल, कुन खेलाडी कुन वर्गमा ?

266
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले वर्ष २०२५ का लागि खेलाडीहरुको वर्गीकरण सार्वजनिक गरको हो ।

क्यानले सार्वजनिक गरेको वर्गीकरण अनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछानेसहित पाँच खेलाडी छन् ।

ग्रेड ‘बी’ मा कुशल भुर्तेल, करण केसी, गुल्शनकुमार झा, ललितनारायण राजवंशी र अनिकुमार शाह छन् । ग्रेड ‘सी’ मा कुशल मल्ल, आरिफ शेख, भिम सार्की र सन्दीप जोरा रहेका छन् ।

क्यानको सम्झौताअनुसार ग्रेड डीमा सागर ढकाल, लोकशबहादुर बम, साहव आलम, आकाश चन्द, विवेककुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव छन् ।

उदीयमान खेलाडीको सूचीमा क्यानको सम्झौता अनुसार दीपेश प्रसाद कडेँल, रुपेशकुमार सिंह, शुभ कंसाकार, अर्जुन कुमाल, सन्तोष यादव, अर्जुन घर्ती र हेमन्त धामी छन् ।

पुरुषतर्फ ग्रेड ए का खेलाडीले महिनाको १ लाख पारिश्रमिक पाउँदा बी ग्रेडले ७० हजार, सी ग्रेडले ५५ हजार, ग्रेड डीले ३५ हजार र उदीयमान खेलाडीले २५ हजार पाउँछन् ।

महिलातर्फ ग्रेड ए मा नेपाली यू–१९ महिला टोलीकी कप्तान पुजा महत्वले फड्को मारेकी छन् । उनी पहिलो पटक ए ग्रेड पर्न सफल भइन् । ए ग्रेडमा कप्तान इन्दु ब्रमा, रुवीना क्षेत्री र सीता राना मरगर परेका छन् ।

बी ग्रेडमा एकजना मात्र खेलाडी कविता जोशी छन् । त्यस्तै ग्रेड सीमा कविता कुँवर र सम्झना खड्का छन् । क्यानको सम्झौता अनुसार ग्रेड डी मा विन्दु रावल, अलिसा यादव, रिया शर्मा, सीमना केसी, सविता धामी, रोमा थापा, इश्वरी विष्ट, करिश्मा गुरुङ, ज्वतिस्ना मरासिनी, रचना चौधरी र मनिशा उपाध्याय रहेका छन् ।

महिलातर्फ ग्रेड ए का खेलाडीले महिनाको ५० हजार पारिश्रमिक पाउँदा बी ग्रेडले ३५, सी ग्रेडले २५ र ग्रेड डीले २० हजार पाउँछन् ।

सन् २०२५ केन्द्रीय सम्झौतामा रहने खेलाडीहरुको सम्झौता अवधि ६ महिनाको हुनेछ । त्यसपश्चात खेलाडीहरूको प्रदर्शनका आधारमा बाँकी ६ महिनाका लागि पुनः वर्गीकरण गरि केन्द्रीय सम्झौता गरिने छ ।