गर्मी महिनालाई लक्षित गर्दै सेन्साइका कुलरहरु, खोजे जस्तै मूल्य

70
Shares

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सेन्साई ब्राण्डले आउँदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नयाँ नयाँ मोडलका कुलरहरु नेपाली बजारमा भित्राएको छ।

‘स्टे कुल स्टे कम्फर्ट’ भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु विभिन्न मोडल र क्षमताका साथै नयाँ नयाँ आकर्षक विशेषताहरु सहित बजारमा ल्याएको छ ।

यी कुलरहरु अब ग्राहकले रोजे जस्तो मूल्यमा पाउन सक्ने कम्पनीले विश्वास लिएको छ।

कम्पनीले यी कुलरहरुमा १२ महिनाको वारेण्टी समेत प्रदान गरेको छ ।

जापनिज प्रविधिबाट निर्मित यी कुलरहरुमा ईन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजी मोबिलिटी, ४वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल ईन्डिकेटर आदि जस्ता आकर्षक विशेषताहरुले भरिपूर्ण छन् ।

ईन्भर्टर कम्प्याटिबल भएको कारणले गर्दा यी कुलरहरु बत्ति नभएको बेलामा पनि ईन्भर्टरबाट सजिलै चल्दछ । यिनीहरुमा हनिकम्ब भएकोले एकदमै चिसो दिन्छ ।

चारैतिर हावा प्रबाह गर्न यसमा ४वे सुइङ डिफ्लेक्सन जस्ता विशेषता पनि जडान गरिएको छ । कुलरलाई एक ठाउबाट अर्को ठाउमा लैजानलाई यसमा कास्टोर हुइल राखिएको छ ।

वाटर लेबल ईन्डिकेटको मार्फतबाट कुलरमा कति पानी छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । तेस्तै अझै धेरै चिसोको लागि यसमा आइस च्यामबर पनि राखिएको छ । यी कुलरहरुले ५००० घरजच सम्म हावा प्रवाह गर्ने हुनाले यसले थोरै समयमा नै कुल बनाउछ ।

चौधरी ग्रुप अन्तर्गत सि जी इलेक्ट्रोनिक्स् डिभिजनमा नेपालकै एकमात्र आधिकारिक बिक्रेताको रुपमा ईओएल प्राइभेट कम्पनि मार्फत सेन्साईका कुलरहरु बिक्री वितरण भइरहेको छ ।