
इलाम । इलामको जसविरेस्थित एक चिया प्रशोधन उद्योगमा आगलागी भएको छ ।
उद्योगमा एक्कासि आगो लागेको स्थानीयले जानकारी दिएका छन् । आगलागीको कारण भने अहिले खुलेको छैन । विद्युत् सर्ट भएर आगलागी हुन सक्ने अनुमान गरिएको छ ।
इलाम नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन।
यो चिया उद्योगका सञ्चालन सरद सुब्बा केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्यालेन्ज २०२४’ मा नेपालका चिया उत्पादकहरूको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टि मेकर’ घोषित भएका थिए ।
उद्योगमा ‘स्पेसल टी’मात्रै उत्पादन हुन्थ्यो । यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको थियो ।
यहाँ उत्पादित चिया नेदरल्यान्ड, अमेरिका, डेनमार्क, फ्रान्सलगायत देशमा निर्यात हुन्थ्यो भने माग धान्न नसकिएको सुब्बाले बताएका थिए । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेको थियो ।
प्रतिक्रिया