कसरी जान्छ भूकम्प ?



काठमाडौं । नेपालमा विसं २०७२ सालमा ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो । भूकम्पमा परि ७ हजार ८८५ जनाले ज्यान गुमाए । त्यसपछि नेपालमा भूकम्पको धेरै छट्का गएका छन् ।

आज (मंगलबार) मात्र चीनमा केन्द्रविन्दु बनाएर भूकम्प गयो । जसमा हालसम्म ९३ जना मानिसको मृत्यु भएको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन् ।

भूकम्प एउटा प्राकृतिक विपत्ति हो । अकल्पनीय र अनुमान गर्न नसकिने ठूलो विपत्तिमा पर्छ, भूकम्प ।

भूकम्पका कारण पृथ्वीमा हरेक पटक जनधन तथा मानवीय क्षति हुन्छ । भूकम्प कसरी जान्छ भन्ने धेरैको चासो छ ।

कसरी जान्छ भूकम्प ?

तापक्रमको कारणले पृथ्वीको आन्तरिक भागमा रहेका चट्टान पग्लिने र माथि निस्किन खोज्ने प्रक्रिया हुने गर्दछ। जसको भित्री प्रभावले एक किसिमको चक्र बन्ने गर्दछ । त्यही कारणले पृथ्वीको माथिल्लो पत्र जुन छ त्यसलाई चर्काउन थाल्दछ । जसको प्रभावले गर्दा चट्टानहरु टाढा जाने वा नजिक आउने गर्दछन् । जुन प्रक्रिया करोडौं वर्षदेखि छ। त्यहीबेला जहाँ चक्रको असर बढी हुन्छ त्यो बेला चट्टान चर्किने र उर्जा नि:सृत हुने गर्दछ र हामीले भूकम्पको महसुस गर्ने गर्दछौं ।

सामान्यतया भूकम्प भनेको पृथ्वी हल्लिनु हो । पृथ्वी जुनसुकै कारणले हल्लिएको भए पनि त्यो भूकम्प हो ।

भूकम्प चार किसिमले जान्छ ।

पहिलोमा टेक्टोनिक प्लेटको चालको कारण, दोस्रो ज्वालामुखी विष्फोटका कारण, तेस्रो कोल्याप्स भूकम्पका कारण र चौथो भनेको आणविक परिक्षणका कारण।

पृथ्वीमा रहेका सात वटा मुख्य प्लेटहरुसँगै हिँडिरहेको समयमा प्लेटहरु एकआपसमा ठोक्किँदा पृथ्वीमा भूकम्प जान्छ । अझ पृथ्वीमा सबै भन्दा ठूलो भूकम्प दुई वटा प्लेटहरु ठोक्किँदा जान्छ ।

पृथ्वीको सतह भन्दा ३० किलो मिटर माथिबाट आउने स्यालो, ३० देखि ७० किलो मिटरसम्मको मिडियम र ३० देखि ३ सय किलोमिटरसम्मको डिप हो । पृथ्वीमा भूकम्प जाँदा बढी क्षति गर्ने भनेको यही ३० किलोमिटरको स्यालो भूकम्प हो । भूकम्प जति माथिबाट गयो त्यसले झन् धेरै असर गर्छ ।

भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ । भूगर्भशास्त्रीहरूले यसलाई भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको पनि भन्ने गरेका छन् । पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो । त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ । भारतीय चट्टान युरेशिएन चट्टानमा ठोकिने भएकाले यो क्षेत्र जोखिमयुक्त क्षेत्रमा परेको हो ।

भूकम्प पछिल्लो समय रेक्टरस्केलले मापन गरिन्छ । रेक्टरस्केलले भूकम्पको क्षमता अर्थात गती मापन गरिन्छ । भूकम्प सुरुवाती समयमा इन्टेन्सिटीले पनि मापन गरिन्थ्यो । पछि रेक्टरस्केलको विकास भएपछि इन्टेन्सिटीले मापन गर्न छोडिएको हो।


क्लिकमान्डु