दुई सातादेखि अवरुद्ध राहदानी सेवा पुन:सञ्चालन



काठमाडौं । दुई सातासम्म सेवा अवरुद्ध भएको राहदानी सेवा बिहीबारदेखि सुरु भएको छ । राहदानी विभागले सूचना जारी गर्दै २२ वटा प्रशासन कार्यालय र नेपाली नियोगबाट राहदानी सेना सुरु भएको जानकारी दिएको छ ।

कम्प्युटरहरुमा भाइरसले आक्रमण गरेको कारण देखाउँदै विभागले झन्डै २ सातादेखि सेवा बन्द गरेको थियो । जसले तथ्यांक संकलनको काम प्रभावित भएर देशभर र विदेशस्थित नेपाली नियोगबाट पनि राहदानी सेवा अवरुद्ध भएको थियो ।

सेवा सुचारु भएसँगै राहदानी छपाइ गरेर सबै जिल्ला, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट विभागले राहदानी वितरण सम्बन्धी सेवा सुरु गरेको जनाएको छ ।


क्लिकमान्डु