अपी इन्फ्राले तयार पार्दैछ झम्सीखेलमा १ अर्ब २७ करोडमा १० तलाको लक्जरी अपार्टमेन्ट, मूल्य कति ?



ऊर्जा क्षेत्रमा छुट्टै पहिचान बनाएको अपी पावरले रियल स्टेटमा पनि हात हालेको हो । लगानी विविधिकरणको नीति अनुसार अपार्टमेन्टमा लगानी गरिएको अपि पावरका कार्यकारी सञ्चालक सञ्जीब न्यौपानेले बताए ।

‘हाइड्रो र सोलारमा हामी सक्रिय छौं, एउटै क्षेत्रमा मात्रै लगानी गर्दा भविष्यमा जोखिम हुनसक्छ,’ सञ्चालक न्यौपानेले क्लिकमान्डुसँग भने- ‘त्यसैले हामीले अपार्टमेन्टमा हात हालेका हौं ।’

झम्सीखेलमा ३ रोपनीमा एरियामा बनाउन लागेको अपार्टमेन्टमा दुई महिनादेखि काम भइरहेको छ । कुल ४३ युनिटको अपार्टमेन्टको अहिले पाइलिङको काम धमाधम चलिरहेको छ ।  २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम भइरहेको अपी इन्फ्राका प्रोजेक्ट म्यानेजर आशिष विष्टले बताए ।

‘दुई महिनादेखि काम चलिरहेको छ । १० तलाको हुनेछ । २ तलामा पार्किङ हुनेछ । ५६ गाडी अटाउनेछ । ठूलो संख्यामा बाइक/स्कुटर पार्किङ गर्न सकिनेछ,’ विष्टले क्लिकमान्डुसँग भने- ‘नयाँ टेक्नोलोजीमा आधारित भएर अपार्टमेन्ट बनाउँदैछौं ।’

१ अर्ब २७ करोड रुपैयाँ लगानीमा यो अपार्टमेन्ट निर्माण गर्न लागिएको हो । यसमा जग्गा र र बिल्डिङ  दुबैको खर्च जोडिएको छ । अपरेटिङ कष्ट धेरै भएकाले स्वीमिङ पुल भने राखिएको छैन ।

अरु सबै खालको सुविधाहरु छन्  । उनका अनुसार वान बिएचके, टु बीएचके र थ्री बीएचकेका युनिटहरु छन् । अपार्टमेन्टमा सामुदायिक/ मिटिङ हल फिटनेश हल, सीसीटिभी सर्भिलेन्स, पावर ब्याक अप,

इलेक्ट्रिक भेहिकल (ईभी) चार्जिङ सुविधा  छ । सेक्युरिटी गार्डको सुविधा छ । सबै युनिटमा स्मार्ट होम फिचर हुने कम्पनीको दाबी छ ।

‘अपी पावर सहायक कम्पनी उदेश्य भनेको हो । रियलस्टेटमा पनि अपीलाई चिनाउनु हो । अरु ठाउँमा पनि प्लान छ,’ विष्टले भने, ‘ रियल स्टेट विश्वास कम छ । विश्वासनीयता कायम गर्ने गरी काम गर्दैछौं ।’

झम्सिखेल  काठमाडौं उपत्यकाको सबैतिर जोडिएको राम्रो लोकेसन  हो । लोकेसनका कारण पनि कम्पनीले उक्त स्थानमा अपार्टमेन्ट बनाएको दाबी गरेको छ ।  जहाँ बैंक, अस्पताल, बिजनेस हाउस, रेष्टुरेन्ट, एटिएमहरु समेत नजिकै पैदल हिडेर पुग्न सकिन्छ । लक्जरियस जीवन बिताउन चाहानेहरुका लागि यो अपार्टमेन्ट उपयुक्त हुने कम्पनीको दाबी छ ।

बुकिङ खुल्ला, कति पर्छ मूल्य ?

कम्पनीले यो अपार्टमेन्टको बुकिङ खोलिसकेको छ । अहिले ६ युनिटको बुकिङ भएको कम्पनीले जनाएको छ । मानिसहरु बुकिङका विषयमा सोध्नका लागि आइरहेका छन् । टु बिएचएकेका युनिटहरु  १ हजार २ सय ८० स्क्वायर फिटदेखि १ हजार ३०० स्क्वायर फिटसम्मका छन् ।

थ्री बीएचकेका युनिटरु  १ हजार ४०० देखि १ हजार ७ सय ७० स्क्वायरफिटसम्मका छन् ।  ५ तलाको मुनिको २८ हजार ५०० रुपैयाँ प्रतिस्क्वायर फिट र ५ तलामाथिको माथिको २९ हजार ५०० प्रतिस्क्वायर फिट मूल्य पर्छ । दशैं र तिहारको अवसरमा बुकिङ गर्नेहरुले पार्किङ शुल्कमा छुट पाउनेछन् ।  एउटा कारको  १५ लाख रुपैयाँ पार्किङ शुल्क तोकिएको छ ।

कम्पनीका अनुसार १५ प्रतिशत पेमेन्टम बुकिङ गर्न सकिनेछ । बाँकी पेमेन्ट सेड्युल अनुसार तिर्न सकिनेछ । त्यसका लागि कम्पनी सेड्युल तयार पारेको छ । अपी पावरले अपार्टमेन्टबाट हुने कमाइले आफ्ना लगानीकर्तारुलाई बोनस दिने बताएको छ।


क्लिकमान्डु