उपत्यकामा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै वायु प्रदूषण बढेको छ । बिहीबार बिहानैदेखि काठमाडौंको दृश्य धुम्म देखिएको छ ।
अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापक अनुसार बिहीबार काठमाडौं उपत्यकाको वायुको गुणस्तर १६३ मा छ ।
वायु गुणस्तरको सूचकांकको विश्लेषण गर्ने ‘एक्युआइसिएन’को वेबसाइटमा काठमाडौं वायु प्रदूषणको हिसाबले बिहीबार ८ औं स्थानमा रहेको देखिन्छ । पहिलोमा स्थानमा भने भारतको राजधानी दिल्ली सहर छ ।
चिसो सुरु भएसँगै हरेक वर्ष काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र तुवाँलो लाग्ने गरेको छ । नेपाल सरकारको जलवायु तथा मौसम पूर्वानुमान शाखाका अनुसार दशैं लगत्तै चिसो बढेको छ । चिसो बढेसँगै हुस्सु र तुवाँलोले भिजिबिलिटी पनि कम हुने गरेको छ ।