अमेरिकी राष्ट्रपति चुनावमा कमला ह्यारिस विजयी हुने प्रक्षेपण



एजेन्सी । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अमेरिकाको राष्ट्रपति निर्वाचन डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति एवं कमला ह्यारिसले जित्ने अनुमान गरेका छन् ।

सञ्चारमाध्यमहरुले गरेको एक्जिट पोल अनुसार कमलाले ३ प्रतिशत प्वाइन्टमा ४२ देखि ४५ प्रतिशतले लिड गरेर रिपब्लिकन पार्टीका डोनाल्ड ड्रम्पलाई जित्ने अनुमान गरेका छन् ।

न्यु रोयटर्स/ आइपीएसओएसको पोलले  नोभेम्बर ५ मा हुने राष्ट्रपतिको चुनावमा ह्यारिसले जित्ने अनुमान गरेका हो ।

डोनाल ट्रम्प पूर्वराष्ट्रपति समेत हुन् । तर यसअघि वर्मान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका हुन् । यसपटक पनि वर्तमान राष्ट्रपति जो बाइडेन र ट्रम्पबीच राष्ट्रपति चुनावमा प्रतिस्पर्धाको तयारी थियो । दुवैले प्रचार समेत थालेका थिए ।

तर बाइडेन ट्रम्पसँगको प्रेसिडेन्सीयल डिबेटमा खरो रुपमा उत्रिन नसकेपछि उनी पछि हटाएर डेमोक्र्याट्सले ह्यारिसलाई अगाडि सारेको हो । उमेरका कारण बाइडेनलाई मतदानमा प्रतिकुल प्रभाव पर्ने अनुमान गरेपछि उनी पछि हटेका हुन् । ह्यारिस राष्ट्रपतीय चुनावको रेसमा जुलाईमा मात्रै प्रवेश गरेकी हुन् ।

५९ वर्षीय ह्यारिसलाई उम्मेदवार बनाएर डेमोक्र्याटिक दलले नयाँ अभियान थालेको हो । सन् २०२० को राष्ट्रपतिको चुनावमा प्रथम एसियाली अमेरिकी उपराष्ट्रपति बनेर कमला ह्यारिसले इतिहास बनाएकी थिइन् ।

एक हप्ता पहिले रोयटर्स/आइपीएसओएस पोलले चुनावको मत दुवै उम्मेदवारबीच स्थिर हुने अनुमान गरेको थियो । नयाँ पोल गत आइतबार बन्द भयो । जसले डेमोक्र्याक्ट्सहरु बढी सक्रिय हुने देखाएको बताइन्छ । सन् २०२० को राष्ट्रपतिय चुनावमा जो बाइडेनले ट्रम्पलाई हराएका थिए ।

तीनदिने चुनावी पोलमा ७८ प्रतिशत रजिष्टर मतदाताहरुमा ८६ प्रतिशत डेमोक्र्याट र ८१ प्रतिशत रिपब्लिकन सहभागी थिए । उनीहरुले चुनावमा मतदान गर्ने निश्चित भएको बताएका थिए । सन् २०२० को रोयटर्सले गरेको गरेको ७४ प्रतिशत मतदातामध्ये ७४ प्रतिशत डेमोक्र्याट र ७९ प्रतिशत रिपब्लिकनले मतदान गर्ने निश्चित भएको बताएका थिए । ४ प्रतिशत प्वाइन्टको मत बिग्रने अनुमान पोलले गरेको छ ।

 ट्रम्पले इकोनोमीको एजेण्डालाई अघि ल्याएर चुनावी प्रचार गरिरहेका छन् । बाइडेन प्रशासनकालमा बढेको महँगी घटाउने उनको एजेण्डा छ । जुन पछिल्ला महिनाहरुमा कम हुँदै गएको छ  ।

ह्यारिसको हेल्थ केयर पोलीसी, आप्रवासी मुद्दा साथै राजनीतिक अतिवादलाई ह्याण्डल गर्न उनलाई राम्रो उम्मेदवारको रुपमा हेरिएको छ ।

अमेरिकी चुनावमा अर्थतन्त्र मुख्य एजेण्डाका रुपमा हेरिन्छ । नयाँ पोल अनुसार ट्रम्पलाई अर्थतन्त्र राम्रो बनाउन सक्ने उम्मेदवारका रुपमा हेरिएको छ ।

ह्यारिसले ट्रम्पलाई ५ प्वाइन्ट्स ४३ प्रतिशतदेखि ३८ प्रतिशतले जित्ने अनुमान गरिएको छ । जब मतदाताहरुलाई कुन उम्मेदवार उपयुक्त छ भनेर सोधिएको थियो, सहभागीहरुले राजनीतिक अतिवाद र प्रजातन्त्रमाथिको असुरक्षा हटाउन कमला उपयुक्त हुने प्रतिक्रिया दिएका थिए ।

उनले ट्रम्पलाई हेल्थ केयर पोलिसीमा १४ प्वाइन्ट्सले जितेकी छन् । यसरी दुवै विषयमा ह्यारिसको अपरिवर्तित जित थियो ।

अर्थतन्त्र, बेरोजगारी र कामको विषयमा भने ट्रम्पले ह्यारिसलाई ४५ प्रतिशतदेखि ४० प्रतिशतले जितेका थिए । राष्ट्रिय प्राथमिकताहरुको श्रेणीमा २६ प्रतिशत पोलमा रेस्पोन्स गर्नेहरुले राष्ट्रले भोगेका ठूला समस्याहरु, २३ प्रतिशतलले राजनीतिक अतिवाद र ३ प्रतिशतले हेल्थ केयर रोजेका थिए । ४६ प्रतिशत मतदाताले ह्यारिसको पक्षमा र २४ प्रतिशत ट्रम्पको पक्षमा उभिएका थिए ।


क्लिकमान्डु