एनआईएमबीका ग्राहकलाई दुसित थानी रिसोर्टमा छुट



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का ग्राहकहरुलाई दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट दिइने भएको छ ।

दुई पक्षबीच भएको सम्झौता अनुसार धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टमा उपलब्ध हुने फुड एन्ड वेभरेज, स्पा लगायत सेवामा एनआईएमबीका ग्राहकलाई १५ प्रतिशतसम्म छुट दिइने भएको हो ।

उक्त छुट लिनका लागि ग्राहकले एनआईएमबीको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा पनि उपलब्ध छ ।


क्लिकमान्डु