गुराँस लघुवित्तको बुक क्लोज मिति तय



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले असोज २९ गते बार्षिक साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् भने सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आवको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु