धरहरा खुला, चढ्नेको भीड (तस्बिरहरु)



काठमाडौं । प्राचीन तथा ऐतिहासिक महत्त्वको धरोहरको रुपमा चिनिएको धरहरा आज बिहीबारबाट सर्वसाधारणका लागि खुलाइएको छ । धरहरा खुलाइएसँगै बिहानैदेखि अवलोकन गर्न जानेहरुको बाक्लो भीड देखिएको छ ।

एक दिन ५ सय जनालाई चढ्न दिने गरी सरकारले निःशुल्क रुपमा धरहरा खुलf गरेको हो । संविधान दिवसको अवसर पारेर सरकारले असोज ३ गतेदेखि धरहरा खोलेको हो ।

मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा पाएको छ । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म सर्वसाधारणलाई धरहरा प्रवेश निःशुल्क गरिएको हो । निःशुल्क प्रवेश गर्न dharhara.gov.np बाट अनलाइन टिकट बुक गर्न सकिने इकाइ आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए ।

अधिकतम ६ सयमध्ये १ सय कोटा वृद्ध, अशक्त, अपाङ्गता भएकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टा सय जनाले चढ्ने गरी व्यवस्था मिलाइएको छ ।

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहरा आंशिक रुपमा मात्र सञ्चालन गर्न लागिएको बताएका थिए । ‘अहिले चाहिँ अन्तरिम कालका लागि मात्र हो, पब्लिकमा धरहरा बनेको यत्तिका समय भइसक्यो, चढ्न त पाऔं भन्ने त इच्छा छ नि त,’ उपप्रधानमन्त्री सिंहले भनेका थिए ।

विसं १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले बनाएको ९ तले धरहरा २०७२ सालको भूकम्पले भत्किएपछि सरकारले पुनर्निर्माण गरेको हो ।


क्लिकमान्डु