आप्रवासी, आर्थिकदेखि युद्धसम्मका मुद्दाबारे ट्रम्प र कमलाले के भने ?
आप्रवासी समुदायप्रति अनुदार ट्रम्पले ‘कुकुर चोरेर खाने’ जस्ता आधारहिन आरोप लगाएका थिए । तर बहसमा कमला ह्यारिस ट्रम्पभन्दा प्रखर रुपमा प्रस्तुत भइन् ।
एजेन्सी । अमेरिकामा आगामी राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरुले यही मंगलबार मात्रै प्रेसिडेन्सियल डिबेटमा भाग लिए ।
९० मिनेको ‘द एबीसी न्युज प्रेसिडेन्सियल डिबेट’मा कमला ह्यारिस र डोनल्ड ट्रम्पले एकअर्काको नीतिमाथि कडा आलोचना गरे । यस क्रममा दुबै उम्मेदवारबीच आर्थिक मुद्दादेखि युक्रेन युद्ध, इजरायल युद्धदेखि आप्रवासन नीति लगायत विषयमा कडा बहस गरेका थिए । यसवाहेक गर्भपतन, चीन, रुस र सीमासँग जोडिएका मुद्दामा पनि उनीहरुले कडा बहस गरेका थिए ।
बहसको अन्त्यमा कमलाले भनेकी थिइन्, ‘अमेरिकाको भविष्यलाई लिएर मेरो र ट्रम्पको दृष्टिकोण विल्कुल फरक छ । मेरो ध्यान भविष्यमा छ । ट्रम्पको अतितमा अड्किएको छ ।’ ट्रम्पले भनेका छन्, ‘कमला ह्यारिसको नीति को कुनै र्थ छैन । किनकि बितेका ४ वर्षमा उनले केही हासिल गरिन् । हाम्रो देश बर्बादीको यात्रामा छ । पूरै विश्व हामीमाथि हाँसिरहेको छ । यदि नोभेम्बरमा ह्यारिसले चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध सम्भव छ ।’
दुई उम्मेदवारले बहसको क्रममा एकअर्कालाई वयक्तिगत आक्मण पनि गरेका थिए । ह्यारिसले ट्रम्पलाई २०२० को चुनावमा हार स्विकार नगरेको भन्दै कटाक्ष गरिन् । ट्रम्पलाई मध्यस्तकर्ताले उनका नश्लवादी टिप्पणीबारे पनि प्रश्न सोधेका थिए । तर उनले त्यसको जवाफ नदिइकन आलटाल गरे । ‘मलाई फरक पर्दैन त्यो के हो,’ ट्रम्पले जवाफमा भनेका थिए । तर ह्यारिसले सधैँ अमेरिकालाई नश्लका आधारमा विभाजन गर्नखोज्ने व्यक्ति राष्ट्रपति बन्न खोज्नु एक त्रासदी भएको प्रतिक्रिया दिएकी थिइन् ।
दुई उम्मेदवारको बहसलाई लिएर विश्लेषकहरुले भने कमला ह्यारिस प्रखर बनेको र ट्रम्प कजोर बनेको व्याख्या गरिरहेका छन् । कमलाले पटक पटक ट्रम्पलाई जटिल मोडमा पुर्याएको भन्दै उनी बहसमा अब्बल सावित भएको पनि विश्लेषकहरुको भनाइ छ । यसरी बहसमा कमला सफल भएको अधिकांश विश्लेषकहरुको निष्कर्ष छ ।
यसैगरी मुद्दाहरुलाई आफ्नो पक्षमा ल्याउन कमला सफल भएको उनीहरुको तर्क छ । कमलाको कतिपय सवालमा ट्रम्प जवाफ दिन नचाहँदा नचाहँदै पनि बोल्न बाध्य थिए । यस्तै कमलाले ट्रम्पलाई कमजोर नेताको संज्ञा दिँदै उनीप्रति विदेशी नेताहरु हँसिरहेको बताएकी थिइन् । तर ट्रम्प अधिकांश प्रश्नमा जवाफ दिन असमर्थ देखिन्थे । यतिसम्म कि बहसको क्रममा ट्रम्पले कला ह्यारिसलाई मार्क्सवादी भन्दै टिप्पणी पनि गरेका थिए ।
बहसमा उठेका मुद्दा
आप्रवासी मुद्दा
रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले प्रवासीहरुमाथि केही आरोप पनि लगाएका थिए । तर त्यसबारे मध्यस्तकर्ताले गलत भन्दै खारेज गरेका थिए । आप्रवासीहरुबारे ट्रम्पले कतिपय आधारहिन दाबी पनि गरेका थिए । जस्तै उनले ‘पाल्तु जावरहरु खान्छन्’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए । आप्रवासीहरुलाई उनले भनेका थिए, “उनीहरु कुकुर खान्छन् । उनीहरु मानिसका घरपालुवा जनावरहरु खान्छन् ।”
बहसका मध्यस्तकर्ता डेबिड मुइरले भने यस्ता दाबीको कुनै प्रमाण नभएको बताएका थिए । तर ट्रम्पले भने आफूले टेलिभिजनमा कोही व्यक्तिले कुकुर चोरेर खाएको आरोप लगाएको सुनेको बताएका थिए । कमला ह्यारिसले भने ट्रम्पले ज्यादै बढाइचढाइ गरेर कुरा गर्ने बताएकी थिइन् ।
आर्थिक नीति
बहसको सुरुवातमै कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिमाथि कटाक्ष गरेकी थिइन् । ट्रम्पले भने कमलालाई सोधेका थिए,’के तिमीलाई लाग्छ अमेरिका चार वर्षभन्दा पहिलेको अवस्थाको तुलनामा राम्रो अवस्थामा छ ?’
कमलाले भने ट्रम्पले पछिल्लो समय अर्बपतिहरु र व्यापारीहरुलाई कर छुट गर्ने योजना बनाइरहेको दाबी गरेकी थिइन् । उनले भनेकी थिइन् , “ट्र्प जे भन्छन् त्यसको आलोचना १६ नोबेल पुरस्कार विजेता अर्थशास्त्रीले गरिसकेका छन् । र यदी उनले लागु गरे भने अर्को अर्थ आर्थिक मन्दी आउनेछ ।”
यस क्रममा कमलाले ट्रम्पले छाडेका गलत आर्थिक नीतिको सामना गर्नुपरेको पनि बताएकी थिइन् । यस्तै उनले प्रोजेक्ट २०२५ लाई खतरनाक योजना भन्दै यदि ट्रम्प आए भने त्यसलाई लागु गर्ने बताएकी थिइन् ।
यससँगै बहसमा रुस-युक्रेन युद्धबारे पनि कडा विवाद भएको थियो । कमलाले ट्रम्पले युद्धमा युक्रेनलाई उक्साउन खोजेको पनि संकेत गरेकी थिइन् । जवकि ट्रम्पले आफूले युद्ध रोक्न चाहेको जवाफ दिएका थिए । यो युद्धको असर अमेरिकालाई पनि पर्ने र अमेरिकाले युरोपको तुलनामा धेरै मूल्य चुकाउनु पर्ने बताएका थिए ।
यस क्रममा उनले रुस र युक्रेन दुबै देशका प्रमुखलाई राम्रो सम्बन्ध रहेको पनि दाबी गरेका थिए । बहसमा कमलाले ट्रम्पलाई लक्षित गर्दै उनी बाइडेनविरुद्ध नलडेर कमलाविरुद्ध लडिरहेको भन्दै व्यंग्य गरेकी थिइन् । ट्रम्पले भने कमलालाई खराब उपराष्ट्रपति भएको पनि आरोप लगाएका थिए ।
यसअघि जो बाइडेनले उम्मेदवारी घोषणा गरेपछि बाइडेन र ट्रम्पबीच कडा बहस भएको थियो । तर उक्त बहसमा बाइडेन कमजोर देखिएका थिए । बाइडेनसँग सही मुद्दा भए पनि प्रतिस्पर्धाका लागि कमजोर भएको भन्दै चौतर्फी आलोचना भएपछि डेमोक्रेट पार्टीले बाइडेनलाई रोकेर कमला ह्यारिसलाई राष्ट्रपतिको दौडमा अगाडि सारेको हो ।