टाटाको पन्च ईभी र बिवाईडी डल्फिनलाई च्यालेन्ज दिन एमएडब्लूले ल्यायो नामी



काठमाडौं । नेपालमा थप एउटा नयाँ चिनियाँ ब्राण्डको विद्युतीय कार नेपाल भित्रिएको छ ।

एमएडब्लुवृद्धिले टाटाको पन्च ईभी र बिवाईडीको डल्फिनसँग प्रतिस्पर्धा  गर्न नामी कार ल्याएको हो । बिहिबार कम्पनीले यो कारको तीनवटा मोडल सार्वजनिक गरेको छ ।

नामी ई को मूल्य २९ लाख ९९ हजार रुपैयाँ, नामी ई २ को ३१ लाख ९९ हजार र नामी ई ३ को ३४ लाख ९९ हजार रुपैयाँ पर्छ ।

टाटाको पन्चको ३७ लाख र बिवाईडी डल्फिनको ४१ लाख रुपैयाँ पर्छ । तुलनात्मक रुपमा यी दुई कारभन्दा नामी सस्तो देखिएको छ ।

नामी चिनियाँ कम्पनी डङफेङ मोटर्सले उत्पादन गरेको गाडी हो । अहिले यो कम्पनीका गाडी १०० भन्दा बढी देशमा उपलब्ध छन् ।

नामीमा ७० किलोवाटको मोटर पावर छ । नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३१० किलोमिटर रेन्ज दिन्छ । नामीको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा छ ।

एमएडब्लुका अध्यक्ष विष्णु अग्रवालले लामो समयदेखि अटो क्षेत्रमा काम गरिरहेकाले यो गाडी पनि सफल हुने दाबी गरे । उनले यो गाडी फाइभ स्टार लक्जरी भएको दाबी गरे । बडी स्ट्रक्चर र फिचर लोडेड भएका कारण यो कार नेपालमा सफल हुने कम्पनीको दाबी छ ।


क्लिकमान्डु