काठमाडौं । भदौ महिना अटोमय महिना हो । यही महिना हरेक वर्ष नाडा अटो शो आयोजना हुने गर्छ ।
यस वर्षको सवारीसाधनको कुम्भमेला भदौ ११ गते सुरु हुँदैछ । अटो शोमा नयाँ महँगा, सर्वाधिक रुचाइएका र उपभोक्तामाझ राम्रो छवि बनाउने गरी सबै प्रकारका सवारीसाधन प्रदर्शनी हुने गर्छन् ।
क्लिकमान्डुको नाडा विशेष प्रस्तुतीको यो लेखमा १६औं संस्करणको नाडा अटो शोमा प्रदर्शनीमा राखिने वाइक र कारकै सेरोफेरोमा रहेर चर्चा गर्नेछौं । कारबाइक चढ्न त चाहने तर महँगा सवारी चढ्न पनि नसक्ने वर्गले पनि खरिद गर्न आँट्न सक्ने कार र बाइकको कुरा गर्नेछौं ।
सुरुमा कुरा गरौं, बजारमा उपलब्ध सस्ता मोटरसाइकलको ।
नेपाली बजारमा चलेका मोटरसाइकल ब्रान्डले २ लाख रुपैयाँको हाराहारीमा सस्ता मोटरसाइकल उपलब्ध गराउने गरेका छन् । यस्तो सूचीमा डिरोको स्प्लेन्डर, सुजुकी हयाते, बजार प्लाटिना, होन्डा साइन, महिन्द्रा सेन्चुरो, रनर तथा स्कुटरहरु समेत रहेका छन् ।
यस्ता छन्, बजारमा उपलब्ध सस्ता बाइक तथा स्कुटरः
अब कुरा गरौं, एकसे एक इन्ट्री लेभल कारहरुको । नेपाली बजारमा हाल कार किन्न चाहनेले १४ लाख रुपैयाँमै खरिद गर्न सक्छन् । पछिल्लो समय चिनियाँ ईभीको प्रवेशसँग नेपाली कार बजारमा सस्तो मुल्यमा पनि एकसे एक कार पाइन थालेको हो ।
चिनियाँबाहेक बेलायती कम्पनी एमजी, भारतीय गाडि निर्माताहरु टाटा र महिन्द्रा, फ्रेन्च कम्पनी रेनो, जापानी कम्पनी सुजुकी, कोरियन कार कम्पनी हुन्डाइलगायत कम्पनीका उच्च रेटिङ पाएका कारहरु नेपाली बजारमा उपलब्ध छन् । ४२ लाख रुपैयाँसम्मको कारलाई इन्ट्री लेभल कार मान्ने हो भने एमजी फोर र बीवाईडी डल्फिन जस्ता सुविधासम्पन्न र विलासी कार खरिद गर्न सकिन्छ ।
यस्ता छन् सस्ता तर एकसे एक कारहरुः
१. सेरेस मिनि ईभी – १३ लाख ९९ हजार रुपैयाँबाट सुरु२. एमजी कमेट ईभी – १७ लाख ९९ हजार रुपैयाँ३. डेरी ईभी – १९ लाख ५० हजार रुपैयाँबाट सुरु४. टाटा टियागो – २४ लाख ९९ हजार रुपैयाँ५. वुलिङ एयर – २४ लाख ९९ हजार रुपैयाँ६. रेनो क्विड – २६ लाख ७९ हजार रुपैयाँबाट सुरु७. सुजुकी अल्टो – २६ लाख ९९ हजार रुपैयाँबाट सुरु८. टाटा टियागो ईभी – २७ लाख ४९ हजार रुपैयाँबाट सुरु९. टाटा टिगोर – २८ लाख ९९ हजार रुपैयाँ१०. रेनो ट्राइबर – २९ लाख ९९ हजार रुपैयाँबाट सुरु११. सुजुकी सेलेरियो – २९ लाख ९९ हजार रुपैयाँबाट सुरु१२. सुजुकी वागन – ३१ लाख ५९ हजार रुपैयाँबाट सुरु१३. टाटा टिगोर ईभी –३२ लाख ४९ हजार रुपैयाँबाट सुरु१४. टाटा अल्ट्रोज – ३२ लाख ५५ हजार रुपैयाँ१५. हुन्डाई ग्रान्ड आईटेन – ३२ लाख ५६ हजार रुपैयाँबाट सुरु१६. सिट्रन सीथ्री – ३२ लाख ९९ हजार रुपैयाँबाट सुरु१७. निशान म्याग्नाइट – ३४ लाख ७४ हजार रुपैयाँबाट सुरु१८. रेनो काइगर – ३४ लाख ९९ हजार रुपैयाँबाट सुरु१९. हुन्डाई एक्स्टर – ३५ लाख ९६ हजार रुपैयाँबाट सुरु२०. सुजुकी इन्गिस – ३६ लाख ९९ हजार रुपैयाँबाट सुरु२१. सुजुकी स्विफ्ट – ३७ लाख ४९ हजार रुपैयाँबाट सुरु२२. टाटा नेक्सन ईभी – ३८ लाख ९९ हजार रुपैयाँबाट सुरु२३. नेटा भी – ३८ लाख ९९ हजार रुपैयाँबाट२४. महिन्द्रा एक्सयूभी ३०० – ३९ लाख ५० हजार रुपैयाँ२५. किया सोनेट – ३९ लाख ९० हजार रुपैयाँ२५. हुन्डाई आईट्वान्टी – ३९ लाख ९६ हजार रुपैयाँबाट सुरु२७. सुजकी डिजायर – ३९ लाख ९९ हजार रुपैयाँ२८. हुन्डाई भेन्यु – ४० लाख ९६ हजार रुपैयाँबाट सुरु२९. सुजुकी बालेनो – ४० लाख ९९ हजार रुपैयाँबाट सुरु३०. बीवाईडी डल्फिन – ४१ लाख १५ हजार रुपैयाँ३१. एमजी फोर ईभी – ४१ लाख ४९ हजार रुपैयाँ