न्युरोडमा फुटपाथ विस्तार: प्रहरीसँग धकेलाधकेल, वडाअध्यक्ष डोजरमा चढे, एक जना पक्राउ



काठमाडौं । न्युरोड क्षेत्रको फुटपाथ विस्तारको बिरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ ।

फुटपाथ विस्तारका लागि काठमाडौं महानगरको डोजर आएपछि स्थानीय र नगर प्रहरीबीच दोस्रो पटक धकेलाधकेल भएको हो । उनीहरुले डोजरमाथि चडेर फुटपाथ विस्तारको बिरोध गरिरहेका छन् ।

वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनसहितका प्रतिनिधिले डोजरमा चढेर फुटपाथ विस्तारमा अवरोध गरिरहेका हुन् ।
बिहीबार बिहानैदेखि स्थानीय न्युरोड क्षेत्रमा ओर्लिएर आन्दोलनमा उत्रिएका हुन् ।
बिरोधमा उत्रिएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरले यसअघि पनि फुटपाथ विस्तार थालेको थियो । तर सडक विभागले आफू मातहतको सडकमा महानगरले अनुमति नलिइ सडक विस्ता गर्न लागेको भन्दै रातारात पिच गरेको थियो । त्यसपछि महानगर अदालत गएको थियो । अदालतले फुटपाथ विस्तारका लागि महानगरलाई अनुमति लिएपछि अहिले न्युरोडमा फुटपाथ विस्तारको काम भइरहेको छ ।

महानगरले जुद्धशालिकदेखि इन्द्रचोक जाने सडकखण्डमा फुटपाथ चौडा गर्ने तयारी गरेको छ ।


क्लिकमान्डु