नेपाल भित्रियो भारतीय चेन होटल आईटीसी, फर्च्युन रिसोर्ट एण्ड स्पाको नामबाट भक्तपुरमा सेवा



काठमाडौं । भारतीय चेन होटल आईटीसी पहिलोपटक नेपाल भित्रिएको छ । आईटीसीको फर्च्युन होटल ब्राण्डलाई व्यवसायी कमल जैनले भक्तपुरको साँगामा रहेको होटलमा भित्र्याएका छन् । उनले नेपालमा आईटीसी ग्रुप भित्र्याएसँगै फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाको नामबाट होटल सञ्चालन गर्न थालिसकेका छन् ।

आईटीसीले विभिन्न ब्राण्डमा सञ्चालन गर्ने मध्ये यसको फर्च्युन होटल पनि एक हो ।

नेपालमा भित्रिएको आईटीसीको यो होटल फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पामा ६६ वटा कोठा रहेका छन् । पर्यटन विभागबाट यसले लक्जरी रिसोर्टको रुपमा स्तर वर्गीकरण गरेर सेवा दिइरहेको फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाका महाप्रवन्धक सुरज थापाले बताए ।

उनका अनुसार भारतमा १२० भन्दा बढी होटल बनाइसकेको आईटीसी नेपाल आउनु र उसको ब्राण्डमा होटल चलाउनुले पर्यटक प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्छ । अन्तर्राष्ट्रिय स्तरको चेन होटल भएकोले पर्यटकको रोजाइमा होटलसँगै महादेव मूर्ति पनि पर्न थालेको छ ।

यो होटलमा भारतका कलकत्ता, वंगाल, दिल्लीसहित भारतका विभिन्न शहरबाट पर्यटक आउँछन् । साँगामा रहेको यो होटसँगै धार्मिक पर्यटनको गन्तव्यको रुपमा माहादेवको मूर्ति भएकोले यसैलाई दृष्टिगत गरेर पर्यटक आउने गरेका छन् ।

३ वटा व्याङ्वेट, होटलमा ३ वटा स्वीट रुपम, पार्क, ज्याकुजी, स्पा, स्वीमिङपुलसहितको सेवा यो होटलमा छ । होटलबाट ३ सय जनाभन्दा बढीलाई एकैपटक विवाहको पार्टीमा सहभागि गराउन सक्ने क्षमता समेत छ । होटललाई स्वीट, डिलक्स, प्रिमियर, भिल्लासमेत गरी ५ वटा क्याटागोरीमा विभाजन गरिएको छ ।

महादेव मूर्तिको ठीक पछाडि रहेको उक्त भिल्लामा ६ जनाको परिवार बस्न मिल्ने गरी बनाइएको छ । महादेवको ठूलो मूर्तिसहितको क्षेत्रमा होटल भएकोले धार्मिक पर्यटकसहितका पाहुना आउने गरेका छन् । हिन्दू धर्ममा आस्था राख्नेहरु महादेशवको दर्शन गर्नेसहितको उद्देश्य राखेर होटललमा आउँछन् । यहाँ आउनने पाहुनाहरु विभिन्न हिन्दू धर्ममा आस्था राख्ने देशहरुबाटसमेत आइरहेका छन् ।

होटलमा आएका पाहुनालाई रेम्बो रेस्टुरेन्टमार्फत सार्क मुलुक सबैका खाना खुवाउने व्यवस्था पनि छ । यसले होटलमा पाहुना आकर्षित गर्न थप सहज भएको छ ।

नेपाल आईटीसीले ग्रुपको पाँचतारे स्तरको होटल समेत भित्रने भएको छ । बुढानिलकण्ठमा सूर्य नेपालले निर्माण गरिरहेको पाँचतारे डिलक्स स्तरको होटलमा आईटीसी आउँदै छ । उक्त होटल आईटीसीकै नामबाट तय हुने भएको छ ।

नेपालमा पछिल्लो समय पर्यटक बढेसँगै अन्तर्राष्ट्रिय चेन होटलसमेत बढिरहेका छन् । अहिलेसम्म औपचारिक वा अनौपचारिक घोषणा भएर आएर यस्ता होटदको संख्या १ दर्जन भन्दा बढी छ ।

नेपाल भित्रिएको आईटीसीसँग होटलको ब्राण्डमासमेत विविधता छ । यो समूहले आईटीसी, मेमेन्टस, वेलकम, स्टोरी, फर्च्युन, वेलकम हेरिटेजसहितका होटल छ ।


क्लिकमान्डु