सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ९ सय र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १ सय र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १८ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।


क्लिकमान्डु