यस्तो देखियो काठमाडौं महानगरमा मर्मतपछि सडकपेटी (तस्बिरहरु)



काठमाडौं । काठमाडौं महानगरले सडकपेटी सुधार र मर्मतको कार्य थालेपछि अहिले काठमाडौंका विभिन्न स्थानका सडकपेटी सुन्दर देखिन थालेका छन् ।

यति मात्र नभएर सडकपेटी अपाङ्गमैत्री भएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि हिँड्न सहज हुँदैछ।

काठमाडौंको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनिसकेका छन् भने बल्खु कुलेश्वर क्षेत्रको सडकपेटी बनाउने काम जारी छ ।

यसरी काठमाडौंका विभिन्न स्थानमा बनेका सडकबेटी दृष्टिविहीन व्यक्तिहरूका लागि हिँड्न सहज हुने गरी बनाइएको छ । काठमाडौं महानगरपालिका भित्रका सडकपेटीहरु एउटै स्वरूपको र अपाङ्गमैत्री बनाउने योजना अनुसार निर्माण कार्य धमाधम भइरहेको छ ।


क्लिकमान्डु