२३ निर्माण व्यवसायीको लाइन्सेन्स खारेज



काठमाडौं । सरकारले २३ निर्माण व्यवसायीको लाइन्सेन्स (अनुमति पत्र) खारेज गरेको छ ।

निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को लागि २०८० चैत मसान्तमसम्म व्यवसाय नविनकरण नगरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २३ वटा निर्माण व्यवसायीको लाइन्सेन्स खारेज गरेको हो ।

मन्त्रालयले जारि गरेको सूचनाअनुसार क श्रेणीको ललितपुरको फ्युचर स्टार कन्ट्रक्सन प्राइभेट लिमिटेड र हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टी कम्पनी प्राइभेट लिमिटेड, मोरङ्गको भूमि इन्फ्रास्ट्रक्चर प्राइभेट लिमिटेड, ख श्रेणीको धनकुट्टाको मदन कन्स्ट्रक्सन, काठमाडौंको असन बालकुमारी कन्ट्रक्सन प्राइभेट लिमिटेड, तनहुँको ढोरफिर्दी निर्माण सेवा र कास्कीको दि राइजिङ्ग कन्ट्रक्सन प्राइभेट लिमिटेडको लाइन्सेन्स खारेज गरिएको छ ।

यस्तै ग श्रेणीको जनकपुरको सिरोहिया कन्ट्रक्सन प्राइभेट लिमिटेड, झापाको त्रिशुल निर्माण सेवा, पाँचथरको श्रीजङ्गा निर्माण सेवा प्राइभेट लिमिटेड, डडेलधुराको घण्टेश्वर निर्माण सेवा, जाजरकोटको नौला मालिका निर्माण सेवा, काठमाडौंको ठोसे केआर निर्माण सेवा, झापाको एभ्रिथिङ्ग सोलुसन कन्ट्रक्सन, अछामको रुपाली कन्ट्रक्सन, प्युठानको रुद्रकुमार कक्षपती निर्माण सेवा, सिन्धुलीको ई मरिण ठाकुर निर्माण सेवा, काठमाडौंको विकन कम्पनी, भक्तपुरको आर कोमल कन्ट्रक्सन, बर्दियाको अमन कन्ट्रक्सन, संखुवासभाको राधाकृष्ण निर्माण सेवा, काठमाडौंको पवित्र मल्टिपल कन्ट्रक्सन र काठमाडौंकै फ्लोरिडा कन्ट्रक्सन एण्ड सप्लायर्स प्राइभेट लिमिटेडको लाइसेन्स मन्त्रालयले खारेज गरेको हो ।


क्लिकमान्डु