मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित



काठमाडौं । प्रतिनिधि सभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ ।

सोमबार ११ बजेका लागि बोलाइएको बैठक करिब १७ मिनेट ढिला सुरु भएको थियो । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउना साथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

‘प्रतिनिधि सभा बैठकमा मन्त्रिपरिषद्का सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था छ, नभएको कारणले गर्दा म ध्यानाकर्षण गराउन चाहान्छु’ उनले भने ।

सभामुख घिमिरेले सांसद यादवको कुरा ध्यानाकर्षण भएको भन्दै बैठक १५ मिनेटपछि बस्नेगरी स्थगित गरे ।


क्लिकमान्डु