जीएसी मोटर्स: चिनियाँ ब्राण्ड, नेपाली बजारमा



काठमाडौं । विश्वव्यापी अटोमोबाइल ब्राण्ड, जीएसी मोटर्सले नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत प्रवेश गरेको छ ।

उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ आयोन वाइ एसयुभीको नेपाली बजारमा भव्य लञ्च गर्दै आफ्नो उपस्थितिलाई विस्तार गरेको छ।

जीएसी मोटर्स, चीनको अटोमोबाइल ब्राण्ड गुणस्तर र्‍याङ्किङ नम्बर १ मानिएको, अनुसन्धान र विकास, र प्रविधिमा संसारभर प्रसिद्ध छ । ब्राण्डले यूएईमा ‘उत्तम चिनियाँ ऑटोमोबाइल ब्राण्ड’ र नाइजेरियामा ‘अटोमोबाइल इन्टरप्राइज अफ द एअर’ जस्ता धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेर आफ्नो प्रतिष्ठा स्थापित गरेको छ।

अब, जीएसी मोटर्सले आयोन वाईमार्फत नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउन तयारी गरेको छ र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर नेपाली ग्राहकहरूको मन जित्ने विश्वास राख्दछ ।

जीएसी मोटर्सले नेपाली बजारमा नयाँ मापदण्डहरू स्थापित गरी ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुराउने छ। अत्याधुनिक प्रविधि र विशेषताहरूले भरिपूर्ण, आयोन वाई एसयभीले नेपाली बजारमा नयाँ युगको शुरुवात गर्नेछ।


क्लिकमान्डु