कमेडी च्याम्पियनका विजेताले सिजी मोटर्सको नेटा भी पाउने



काठमाडौं । यसपटकको कमेडी च्याम्पियन ग्राण्ड फिनाले विजेताले सीजी मोटर्सको आकर्षक ‘नेटा भी’ पाउने भएका छन् । कमेडी च्याम्पियनको सिजन थ्रीका विजेताले उक्त गिफ्ट पाउने भएको हुन् । कमेडी च्याम्पियनको टीमले यसबारे जानकारी दिएको हो ।

‘गो ग्रिनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कमेडी च्याम्पियन तेस्रो सिजनका विजेताले नेटा भी पाउने घोषणा गर्न पाउँदा उत्साहित छौं,’ टिमको फेसबुक पेजमा भनिएको छ । कमेडी च्याम्पियनले यसका लागि सीजी मोटर्ससँग सहकार्य गरेको छ ।

नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा सुयशा खनाल, सुनिल खड्का र ऋषभ काफ्ले फाइनल पुगेका छन् ।

आगामी शनिबार असार १५ गते काठमाडौंको मूलपानीस्थित आफ्नै स्टुडियोमा अपराह्न ४ बजेदेखि फिनाले सुरू हुनेछ। फिनालेमा उत्कृष्ट ३ फाइनलिस्टमध्येबाट एक जना विजेता घोषणा गरिनेछ।

कमेडी च्यापियनको ग्राण्ड फिनाले विजेतालाई प्रधान गरिने नेटा भी चौधरी समूहअन्तर्गतको सीजी मोटरले दुई वर्षअघि भित्र्याएको थियो । क्रसओभर सेगमेन्टमा विशेषताहरुले भरिएको सेगमेन्टकै धेरै रेन्ज दिने नेटा भी नेपाल भित्रिएको छोटो समयमै ग्राहकहरुमाझ निकै लोकप्रिय छ । ३८ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको यो गाडीले एक पटकको चार्जमा ३५० किलोमिटर (एनईडीसी) रेञ्ज दिने कम्पनीको दाबी छ । जेठ २०७९ मा सार्वजनिक भएको यो गाडी नेपालमा सीजी मोटर्सले बिक्री गर्दै आएको छ ।

यस्ता छन् नेटा भीका मुख्य फिचर

ब्याट्री: नेटा भीमा विश्वकै नवीनतम ब्याट्री प्रयोग गरिएको छ जसले उच्चतम क्षमताको प्रदर्शन गर्छ। यो ब्याट्रीमा हिटिङ तथा कुलिङको व्यवस्थासहितको थर्मल म्यानेजमेन्ट सिस्टम रहेको छ।

कारको बडी: नेटा भीको बडीमा हाइ टेनसिल स्टिल प्रयोग गरिएको छ। कारको बाह्य बडीको ६३ हिस्सा बनाउन सोही स्टिलको प्रयोग गरिएको छ। यो शक्तिशाली स्टिलले कारमा यात्रारत यात्रुलाई थप सुरक्षित बनाएको छ। शक्तिशाली हुनुका साथै यो स्टिल हलुकासमेत छ। विद्युतीय कारमा जति हलुका बडी संरचना भयो कारले त्यति नै धेरै माइलेज दिन्छ।

कारकै तौल धेरै भएमा त्यसलाई तान्न धेरै शक्ति खर्च हुन्छ। तर नेटा भीको ६३ प्रतिशत बडी हाइ टेनसिल स्टिलबाट बनेकाले यो कार सुरक्षित र धेरै माइलेज दिन्छ। हाइ टेनसिल स्टिल टेस्लाका कार र निटाका कारमा मात्र प्रयोग हुँदै आएको छ।

च्यासिस: नेटा भी कार प्योर ईभी च्यासिसमा निर्माण गरिएको हो। प्योर ईभी प्लेटफर्ममा उत्पादन भएको नेटा भी कारमा पर्याप्त स्पेस उपलब्ध रहेको छ। जसले कार चलाउँदा आरामदायी महसुस गराउँछ।

एक्सटर्नल पावर: नेटा भी कारमा ३.३ किलोवाट क्षमताको भेहिकल टू लोड एक्सटर्नल डिस्चार्ज फङसन पनि उपलब्ध छ। यो विशेषताले नेटा भीबाट अन्य कार तथा घरायसी विद्युतीय उपकरणमा चार्ज गर्न सकिन्छ।

रेन्ज: नेटा भीमा प्रयोग भएको ३८.५ किलोवाट आवर लिथियम आयन ब्याट्रीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। त्यस्तै यो ब्याट्री शून्यबाट ८० प्रतिशत चार्ज हुन जम्मा २० मिनेट मात्र लाग्छ।

ग्राउन्ड क्लियरेन्स: नेपालको बाटोका लागि अलिक बढी ग्राउन्ड क्लियरेन्स भएको कार खोजिन्छ। क्रसओभर सेगमेन्टको नेटा भी विद्युतीय कारमा १ सय ७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। यो सेगमेन्टमा नेटा भीको क्लियरेन्स पर्याप्त हुने कम्पनीको भनाइ छ।

वारेन्टी: सीजी मोटरले नेटा भीको ब्याट्री तथा मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ। विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरू चीनमै छन्। तिनै शक्तिशालीमध्येको एक होजोन अटोमोबाइल हो। सोही कम्पनीले उत्पादन गरेको नेटा भी विद्युतीय कार निकै आकर्षक फिचरले भरिएको छ।

ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथै काठमाडौँका तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ।


क्लिकमान्डु