अमेरिकामा पढाइ सक्नेबित्तिकै विदेशी विद्यार्थीलाई ग्रिनकार्ड दिनुपर्छ: ट्रम्प



एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी विश्वविद्यालयबाट ग्र्याजुएट गर्ने विदेशी विद्यार्थीहरुलाई स्वत:ग्रिनकार्ड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अमेरिकामा पढाइ सकेर चीन तथा भारत जस्ता देशमा फिर्ता हुनबाट रोक्नका लागि उनले स्वत: ग्रिनकार्ड दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

“मैले गर्न चाहेको र मैले भविष्यमा गर्ने काम भनेको जब तपाइँले कलेजबाट ग्र्याजुएट गर्नुभयो भने मलाई लाग्छ तपाइँलाई ग्रिनकार्ड दिनुपर्छ । यसलाई तपाइँको डिप्लोमा कोर्सकै रुपमा यो उपलब्ध गराउनुपर्छ । यो ग्रिनकार्डले यो देशमा बस्नका लागि योग्य भइनेछ,” ट्रम्पले भनेका छन् ।

आप्रवासनको विषयमा कठोर नीतिको वकालत गर्दै आएका ट्रम्पले तेस्रो पटक राष्ट्रपतिको चुनावको तयारी गरिरहँदा यस्तो अभिव्यक्ति दिएका हुन् । यसअघिको निर्वाचनअघि भने ट्रम्पले ‘आप्रवासीहरुले अमेरिकाको रगतलाई विशाक्त बनाइरहेको’ आरोप लगाएका थिए । र यदि आफूले चुनाव जितेमा ठूलो संख्यामा आप्रवासीहरुलाई उनीहरुकै देश फिर्ता गर्ने घोषणा गरेका थिए ।

ट्रम्पको बदलिएको यस्तो अभिव्यक्तिसँगै अब अमेरिकामा आप्रवासीको संख्या बढ्ने पनि अपेक्षा गरिएको छ । यद्यपि ट्रम्पको यस्तो अभिव्यक्तिसँगै यसको व्यवहारिकता र आधिकारिकताबारे पनि प्रश्न उठेको छ । जवकि उनी पहिले दिने अभिव्यक्तिभन्दा ठीक उल्टो विचार दिने अवस्थामा कसरी पुगे भनेर उनको अभिव्यक्तिमाथि धेरैले आशंका पनि गरेका छन् ।

जवकि ट्रम्पको नयाँ प्रस्तावबाट विशेषगरी उच्च सीपयुक्त भारतीय पेशेवरसहित केही आप्रवासीहरुलाई लाभ हुनसक्ने अपेक्षा गरिएको छ । तर ट्रम्पले परिवर्तन गरेको विचारको कारण आप्रवासीको सहज बसोबासभन्दा पनि आप्रवासीहरुको भोट संकलन गर्ने ट्रम्पको चुनावी रणनीतिको रुपमा यसलाई व्याख्या गरिएको छ ।


क्लिकमान्डु