पोखरा र भैरहवा विमानस्थल सञ्चालन नभएकोमा लेखा समितिका २ टोलीले स्थलगत अध्ययन गर्ने



काठमाडौं । सार्वजनिक लेखा समितिले पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको बारे अध्ययन गर्ने भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको २७ औं बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नपश्चात पनि सञ्चालनमा आउन नसकेको तथा निर्माण पक्षहरुमा त्रुटीहरुसमेत रहेको भन्ने सम्बन्धमा समितिले दुई टोली बनाइ शीघ्र स्थलगत अध्ययन भ्रमण गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले देशमा बेरुजु क्रमश: बढोत्तरी हुँदै गइरहेको र पूराना बेरुजुको लगत कट्टा तथा सरकारी बाँकी सरह असुलउपर गर्नुपर्ने काम अजै पनि बाँकी रहेको भन्दै पुराना असुलउपर गर्नुपर्ने बेरुजुहरुलाई निश्चित समयभित्रै फर्स्यौट गर्नु पर्ने औंल्याएको छ ।

यस्तो छ लेखा समितिको निर्णय


क्लिकमान्डु