१० जना पाइलट भर्ती गर्दै निगम, न्यारोबडी वा वाइडबडी उडाउन सक्नेले आवेदन दिन पाउने




काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले १० जना पाइलट भर्ती गर्ने भएको छ । निगमले एयरवसको ए३२० (न्यारोबडी) ए३३० (वाइडबडी) जहाज उडाउन सक्ने पाइलटको लागि आवेदन माग गरेको हाे ।

निगमले २ जना प्रशिक्षकसहित ४ जना न्यारोबडीका लागि र अर्को २ जना प्रशिक्षकसहित ६ जना वाइडबडीका लागि पाइलट माग गरेको छ ।

निगमले आवश्यक योग्यता पुगेका पाइलबाट १५ दिनभित्रै आवदेन माग गरेको हाे। आवेदनबाट छनोट हुने पाइलटलाई १ वर्षे करारमा राखिने निगमले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

निगमले मागको १० जना नै पाइलटले निगमसँग भएको अन्तर्राष्ट्रिय उडानको जहाज उडानुपर्ने छ । निगमको जहाज उडान इच्छुक पाइलटले कम्तीमा २५ सय घण्टा जहाज उडाइसकेको र हुनुपर्ने शर्त पनि राखेको छ ।

निगमले राखेका शर्त र तोकिएको सेवा सुविधा स्वीकार गरेर आवेदन दिनेमध्येबाट १० जना छनोट हुने पनि निगमले जानकारी दिएको छ ।


क्लिकमान्डु