वायुसेवा निगममा ३० जना एयरहोस्टेस नियुक्त




काठमाडौं । नेपाल वायुसेवा निगममा ३० जना नयाँ एयरहोस्टेस नियुक्त भएका छन् । निगमले गत असार ३१ गते विज्ञापन प्रकाशित गरेर माग गरेको उम्मेवदरहरुमध्ये ६६ जना एयरहोस्टेसलाई पदपूर्ति समितिले गत वैशाख १२ गते एयर होस्टेसका लागि सिफारिश गरेको थियो ।

पदपूर्ति समितिले शारीरिक तथा स्वास्थ्य परीक्षणमा सफल भएका उमेदवारलाई अन्तरवार्ताका लागि छनोट गरेको थियो । यी मध्ये ३० जना एयर होस्टेस नियुक्त भएको वायुसेवा निगमले जानकारी दिएको छ ।

निगमका अनुसार ५ औं तहमा नियुक्तिका लागि छनोट भएका ६६ जनाबाट ३० जनलाई नियुक्त गरिएको वायुसेवा निगमले जानकारी दिएको । निगमले ३० जनलाई नियुक्तिको लागि सिफारिश गरेको छ भने १५ जनलाई वैकल्पिकमा राखेको सूचनामा उल्लेख छ ।

यी हुन वायुसेवा निगममा नियुक्त भएका एयरहोस्टेजकाे सूची


क्लिकमान्डु