मौसमको खराबीले आन्तरिक उडान प्रभावित, झापा उडेको जहाज जनकपुर पुग्यो




काठमाडौं । मौसमको खराबीले बुधबार साझ ६ बजेपछिको सबै उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिलन विभागका अनुसार काठमाडौैंबाट हुने सबै उडान तथा अवतरण प्रभावत भएको छ ।

साँझ ६ बजेपछि बिग्रिएको मौसमका कारण काठमाडौं आउने र जाने सबै उडान दुई घण्टादेखि प्रभावित छ । काठमाडौंबाट कुनै पनि आन्तरिक उडानका जहाज उडेको छैन भने अवतरण पनि हुन सकेको छैन ।

मौसमको खराबीका कारण झापा उडेको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि जनकपुर पुगेको विमानस्थल कार्यालयको भनाई छ ।

अब आजलाई आन्तरिक उडानका कुने पनि जहाजको उडान तालिका नभएको र सबै रद्ध भएको छ । बुधबार साँझका आन्तरिक उडान प्रभावित भएपनि अन्तर्र्राष्ट्रिय उडान भने नियमित छन्


क्लिकमान्डु