मेलम्ची खानेपानीको इन्टेक सारिने, ५० करोड विनियोजन



काठमाडौं । सरकारले काठमाडौंमा बाह्रै महिना पानी आउने व्यवस्था मिलाउन मेलम्ची खानेपानी आयोजनाको इन्टेक सार्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै इन्टेक सारिने बताए । निर्माणाधीन हेडवर्क्स बगाएपछि अलपत्र परेको छ । हिउँदमा मात्रै काठमाडौं पानी ल्याउने गरिएको छ ।

स्वयम्भु, ताहाचाल, मण्डिकाटार, चाबहिललगायतका स्थानमा विछ्याइएको ६४५ किलोमिटर पाइप परीक्षण गरेर वितरण गर्ने योजना रहेको पुनले बताए । चक्रपथ बाहिर समेत पाइपलाइन विस्तार गर्ने योजना छ । मेलम्ची खानेपानीका लागि ५० करोड रुपैयाँ विनियोजन भएको छ ।

खानेपानी मन्त्रालयलाई २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


क्लिकमान्डु