दीपेन्द्रको छलाङ, टि–ट्वान्टीको शीर्ष १० मा एसोसिएट्सका एकमात्र अलराउन्डर



काठमाडौं । नेपाली अलराउनडर दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेटमा शीर्ष १० मा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको नयाँ वरियताक्रम अनुसार ऐरी चर्चित क्रिकेटरहरु भन्दा पनि उपल्लो वरियतामा परेका हुन् ।

पाकिस्तानका सदाब खानलाई पछि पार्दै ऐरी शीर्र्ष १० मा अटाएका हुन् । यो वरियतामा रहेका उनी एसोसिएएट राष्ट्रका एक्ला अलराउन्डर हुन् ।

नयाँ वरियताक्रमअनुसार बंगलादेशका शकिल अल हसन शीर्ष स्थानमा छन् । यसैगरी श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो स्थानमा रहँदा अफगानिस्तानका मोहमद नाबी तेस्रो स्थानमा छ । शीर्ष १० मा जिम्बाब्वेका सिकन्दर राजा, दक्षिण अफ्रिकाका एडे माक्र्रम, अस्ट्रेलियाका मार्कस स्टोइनिस, भारतका हार्दिक पाण्ड्या तथा इंल्यान्डका लियाम लिभिङस्टोन र मोइन अलि पनि छन् ।

ऐरीभन्दा पछाडि ग्लेन म्याक्सवेल, मिचेल मार्स, सदाब खान, जेसन होल्डर जस्ता चर्चित क्रिकेटर छन् ।

नयाँ वरियताक्रम अनुसार कुशल मल्ल ३२ औं र गुल्सन झा ६० औं स्थानमा यथावत् छन् भने रोहित पौडेलको वरियता एक स्थान खस्किएर ६१ पुगेको छ । करण केसीले भने १ स्थान सुधार गर्दै अलरउन्डरको ७४ स्थानमा उक्लिएका छन् ।

नेपाली खेलाडीको वरियताक्रमः

१. एकदिवसीय ब्याटिङतर्फ
आशिफ शेख – ७५
कुशल भुर्तेल – ७८
रोहित पौडेल – ९३

२. एकदिवसीय बलिङतर्फ
सन्दीप लामिछाने – ४७
ललित राजवंशी – ५५
दीपेन्द्र सिंह ऐरी – ६३
सोमपाल कामी – ८१

३. एकदिवसीय अलराउन्डरतर्फ
दीपेन्द्र सिंह ऐरी – ४५
कुशल मल्ल – ५०
सोमपाल कामी – ५३
सन्दीप लामिछाने – ७३

४. टि–ट्वान्टी ब्याटिङतर्फ
दीपेन्द्र सिंह ऐरी – ५०
रोहित पौडेल – ६१
आशिफ शेख – ८७

५. टि–ट्वान्टी बलिङतर्फ
सोमपाल कामी – ९२

६. टि–ट्वान्टी अलराउन्डरतर्फ
दीपेन्द्र सिंह ऐरी – १०
कुशल मल्ल – ३२
गुल्सन झा – ६०
रोहित पौडेल – ६५
करन केसी – ७४


क्लिकमान्डु