सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, सीसीटीभी हेर्दै न्यायाधीश, आजै फैसला आउला ?



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको बहस सकिएको छ । उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्न सकिएको हो ।

मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको थियो । बुधबार बाँकी बहस भएको थियो ।

बहस सकिएपछि न्यायाधीशहरू काठमाडौंस्थित लामिछाने र पीडित युवती बसेको होटलको सीसीटीभी फुटेज हेर्न थालेका छन् । उक्त फुटेज हेरेपछि इजलासले फैसला दिने जनाइएको छ ।

आज संक्षिप्त फैसला आउ सक्ने सम्भना उच्च रहेको अदालत स्रोतको भनाइ छ ।
लामिछानेको मुद्दाको फैसला आउन लागेको भन्दै उनका समर्थकहरुको अदालत परिसरमा बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।


क्लिकमान्डु