आगामी वर्ष बिजुली जडित क्षमता ४५०० मेगावाट पुर्‍याउने, प्रतिव्यक्ति खपत ४५० किलोवाट घण्टा



काठमाडौं । आगामी वर्षभित्र विद्युतको जडित क्षमता ४५०० मेगावाट पूर्‍याउने सरकारले लक्ष्य लिएको छ । अहिले मुलुकको जडित क्षमता २९४० मेगावाट पुगेको छ ।

आगामी वर्ष १५६० मेगावाट उत्पादनको लक्ष्य लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रतिव्यक्ति खपत ४५० किलोवाट घण्टा पूर्‍याइने बताए।

सौर्य ऊर्जासहित सम्मिश्रण कार्यान्वयानमा ल्याउने सरकारले नीति लिएको छ । जलवायु परिवर्तनका कारण जलविद्युत् आयोजनाको उत्पादन घट्न थालेपछि ऊर्जा सम्मिश्रणमा परिवर्तन गर्न लागिएको हो ।

आगामी वर्ष १२००० बुढीगण्डकी र नलगाड जलविद्युत् आयोजना निर्माण कार्य अघि बढाउने सरकारले योजना बनाएको छ ।
दुधकोसी जलविद्युत आयोजनाको पूर्व तयारी सक्ने लक्ष्य लिएको छ ।

चैनपुर सेती,जगदुल्ला, अप्पर अरुणलगायत जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर गर्ने योजान बनाएको छ । १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको बुधबार फाइनान्सियल क्लोजर हुँदैछ ।

घुन्सा र सिम्बुवा रेमिट हाइड्रोमा निर्माण गर्ने तयारी छ ।

प्रसारणलाइनको सुदृढीकरण र स्तरोन्नती गरिने पौडेलले बताए । उनका अनुसार बुढीगण्डकी करिडोर प्रसारणलाइन निर्माण थालिने छ । नेपाल र भारत जोड्ने इनरुवा-पूर्निया र दोधारा-बरेली ४०० केभीको प्रसारणलाइन लगानीको मोडालिटी टुंग्याउने लक्ष्य छ ।

आगामी वर्ष सबस्टेसन स्वचालित बनाउने लक्ष्य सरकारको छ ।


क्लिकमान्डु