काभ्रेमा तारले मुख र छाती रुखमा बाँधेर आगो लगाइएको शवको दोलखाका सुवेदीको



काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–४, जिरो किलो नजिक रुखमा तारले बाँधेर जलाइएको शवको पहिचान भएको छ ।

उक्त शव दोलखा भिमेश्वर नगरपालिका–२, राम्पाका ५४ वर्षीय विष्णुप्रसाद सुवेदीको भएको खुलेको काभ्रे प्रहरीले जनाएको छ।

ललितपुरको टिकाथली बस्दै आएका उनी गएको २३ वैशाखदेखि बेपत्ता भएका थिए । उनी टिकाथलीबाट दोलखा हिँडेका पारिवारिक स्रोतले बताएको छ । २३ गते बसबाट पाँचखालमा ओर्लिएका सुवेदी त्यसैदिनदेखि बेपक्ता थिए ।

उनको शव वैशाख २८ गते मुख र छातीमा फलामको तारले रुखमा बाँधि आगो लगाएको अवस्थामा शव फेला परेको थियो ।


क्लिकमान्डु