गृहमन्त्री लामिछानेलाई चोख्याउन सरकारी संयन्त्रलाई वासिङ मेसिनजस्तो प्रयोग गरियो: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेसिनजस्तो प्रयोग गरिएको आरोप लगाएका छन् ।

शुक्रबार सुरु भएको प्रतिनिधि सभाको बजेट अधिवेशनमा थापाले प्रधानमन्त्रीले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेलाई चोख्याउन सरकारी संयन्त्रको प्रयोग वासेङ मेसिनको जस्तो गरेको आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्रीजी सरकारले गरिरहेको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन । ढाकछोप गरियो राज्यका तमाम अंगहरुलाई वासिङ मेसिनजस्तो प्रयोग गरियो,’ गगन थापाले भने,’तपाईंहरूले धोएर धोइन्न, पखालेर पखालिन्न । दूधको दूध पानीको पानी संसदीय समितिले छुट्टाउँछ ।’

उनले संसदीय छानबिन समिति नबनेसम्म सदन अघि जान नसक्ने चेतानवी दिए । संसद अघि नबढ्नुको जिम्मेवारी कांग्रेसले नभइ सरकारको हुने उनको भनाइ छ ।

उनले संख्याका आधारमा प्रतिपक्षीलाई पेल्न नहुने बताए । उनले भने, ‘हामीलाई संख्याको आधारमा सभामुखले हेप्न खोज्ने ? पेल्न खोज्ने ?’


क्लिकमान्डु