अध्यक्ष यादव अमेरिकामा रहेको बेला जसपा फुट्यो, ७ सांसद लिएर अशोक राई आयोगमा



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ ।

पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । वरिष्ठ नेता अशोक राईले आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित नयाँ दल दर्ताको निवेदन दिएका हुन् ।

प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ७ जना सांसद उभिएका छन् । राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका छन् । साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन् ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला राईले पार्टी विभाजन गरेका हुन्।


क्लिकमान्डु