बझाङ-१ प्रदेशसभा निर्वाचनमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित



काठमाडौं । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।

उनले नेपाली काँग्रेसका उम्मेद्वार अभिषेक सिंहलाई २६७ मतले पछि पार्दैै निर्वाचित भएका हुन् ।

एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेसका सिंहले ११ हजार ३४६ मत पाएका छन् ।

उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।


क्लिकमान्डु