सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो, हालसम्मकै महँगो



काठमाडौं । बुधबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । उक्त मूल्य हालसम्मकै उच्च थियो ।

उक्त रेकर्ड ब्रेक गर्दै बुधबार सुनको मूल्यमा नयाँ इतिहास कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघअनुसार बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै बुधबार चाँदीको मूल्यले पनि नयाँ इतिहास कायम गरेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु