सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । सिटिजन्स बैंकले ७ वाटै प्रदेशमा रहेका अफ्ना २५ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

चैत्र ५ देखी ११ सम्म संचालन भएको ग्लोबल मनि विकका अवसरमा उक्त कार्यक्रम गरेको जनाएको छ ।
बैंकले कोशी प्रदेशको विराटनगर, विर्तामोड, हल्दिबारी र महेन्द्र चोक, मधेश प्रदेशको विद्यापतिचोक, वीरगन्ज, कृष्णप्रणामी र राजविराज, बाग्मती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल र कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गरेको जनाएको छ ।
कार्यक्रममा युवा तथा विद्यार्र्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बंैकिङ्ग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।

बैंकले १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।


क्लिकमान्डु