कामना सेवा विकास बैंकद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । कामना सेवा विकास बैंकको बुटवल शाखाले स्थानीय उद्योगी व्यापारीलाई लक्षित गरी डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधिसहित १५० जनाको उपस्थिति रहेको थियो ।

लघुवित्त संघका अध्यक्ष, उद्योगी व्यापारीहरु तथा विभिन्न संघका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका कानुन विभागका प्रमुख डण्डापानी भट्टराई तथा केन्द्रीय सञ्चालन विभागका प्रमुख राहुल कुमारले प्रस्तुतीकरण गरेका छन् ।

यो डिजिटल युग भएको र डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा जानकारी गराए ।

व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले यस्तो डिजिटल वित्तिय साक्षरता कार्यक्रम निकै उपयोगी रहेको बताए ।

बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरेको छ ।


क्लिकमान्डु