सांग्रिला डेभलपमेन्ट बैंकका विभिन्न शाखाबाट मार्फत सचेतना कार्यक्रम सम्पन्न



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको विभिन्न शाखा कार्यालयबाट वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सम्पन्न भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले उक्त कार्यक्रम गरेको जनाएको छ ।

साताव्यापी कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धि कार्यक्रम मार्फत वित्तीय चेतना फैलाउने कार्यक्रम निरन्तर रुपमा संचालनमा रहने जनाएको छ ।

बैंकले ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई गर्दैै आएको जनाएको छ ।


क्लिकमान्डु