माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनी सुरेन्द्र महतोले बेचे सवा अर्बको सेयर, सञ्चय कोष भित्रियो



काठमाडौं । माछापुच्छ्रे बैंकका ठूला संस्थापक सेयरधनी सुरेन्द्र महतोले आफ्नो स्वामित्वमा भएको १ करोड ७ लाख ३७ हजार कित्ता संस्थापक सेयर बिक्री गरेका छन् ।

बिहीबार महतोले प्रतिकित्ता ११३ रुपैयाँका दरले १ करोड ७ लाख ३७ हजार कित्ता सेयर १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँमा बिक्री गरेका छन् ।

उनले बिक्री गरेको सेयर कर्मचारी सञ्चय कोषले किनेको बैंकका कम्पनी सचिव सुभाष महतोले बताए । महतोले उक्त सेयर ४८ नम्बर ब्रोकरबाट बिक्री गरेका छन् भने ४९ नम्बर बाट खरिद भएको छ ।

उक्त सेयर ११ पटक कारोबार भएको हो । महतोले १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्री गर्न खोजेका थिए । अहिले १ करोड ७ लाख ३७ हजार कित्ता सेयर बिक्री भएको छ ।


क्लिकमान्डु