रविले गृहमन्त्रीको बार्गेनिङ बढाउन कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको अफवाह फैलाए: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सत्ता गठबन्धनमा गृह मन्त्रालयको बार्गेनिङ बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले झुटो अफवाह फैलाएको आरोप लगाएका छन् ।

महामन्त्री थापाले नयाँ गठबन्धनसँग गृहमन्त्रीको बार्गेनिङका लागि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको हल्ला फिजाएको आरोप लगाए ।

रवि लामिछानेको नाम नलिइ उनले भने,‘नयाँ पार्टीका कुरा हामीले कुरा सुन्यौँ । गठबन्धनभित्र बार्गेनिङ गर्नका लागि अफवाह फैलाउने काम भएको छ, कांग्रेसले प्रधानमन्त्री अफर गर्यो भनेर ।’

थापाले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले जुनसुकै बेलामा गठबन्धन टुटाउन सक्छन् भन्ने कुरामा आफू प्रष्ट रहेको बताए ।

‘गठबन्धन कुनै राजनीतिक स्थायित्वका लागि होइन बाँडीचुडी खान सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो । भागबन्डा नमिल्ना साथ भोलि कुनैबेला गठबन्धन भत्किने नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासनको पुनरावृत्ति हुने प्रष्ट छ’ उनले भनेका छन् ।

उनले यो गठबन्धन हिँड्न त परै जाओस् आफ्नै भारीले थिचिएर फतक्क कुहिएर झर्ने बताए ।


क्लिकमान्डु