गठबन्धनको रिसमा राजनीतिमा आएको बताउने सुमना गठबन्धनबाटै शिक्षा मन्त्री !



काठमाडौं । गठबन्धन संस्कृतिको रिसमा आफू राजनीतिमा आएको बताउने राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठ गठबन्धन सरकारबाटै मन्त्री बन्ने भएकी छिन् ।

बुधबार ४ दलीय सत्ता गठबन्धनले टुंगो लगाएको मन्त्रीहरुको सूचीमा उनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सुमनाले आफू ‘गठबन्धन गर्ने प्रवृत्तिदेखि रिस उठेर म राजनीतिमा आएको’ बताउने गरेकी थिइन् । ‘म राजनीतिमा आएको अनेस्ट्लि भन्दा रिसमा हो,’ गत महिना पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा उनले भनेकी थिइन्, ‘ लोकतन्त्र भनेको त आफूलाई चित्त नबुझ्दा भोट आउट गर्नु हो । जब गठबन्धन गर्छु भन्छन् तब पैतालादेखि रिस उठ्यो । यस्तो पनि हुन्छ । जहिले पनि सेम मान्छे जहिले पनि सेम मान्छे ।’

रास्वपा ४ मन्त्रीसहित सरकारमा सहभागी हुँदैछ । रास्वपाले अध्यक्ष रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री, डीपी अर्याललाई श्रम, सुमना श्रेष्ठलाई शिक्षा र युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय गरेको स्रोतले जनाएको छ । अर्यालले यसअघि नै बिना विभागीय मन्त्रीमा सपथ लिएका छन् ।


क्लिकमान्डु