‘धोकेबाज’ गायिका एलिनासँग स्टेजमै प्राविधिकको लफडा ! (भिडियो)



काठमाडौं । ‘धोकेबाज हौं तिमी’ र ‘कट्टा हान्दिन्छु’ लगायतका चर्चित गीत गाएकी गायिका एलिना चौहान र प्राविधिकहरुको एक कार्यक्रममा स्टेजमै विवाद भएको छ ।

ऐतिहासिक राष्ट्रिय मगर महोत्सवमा आयोजत कन्सर्टका क्रममा चौहानको साउण्ड सिस्टमका प्राविधिकसँग स्टेजमै विवाद भएको हो ।

फागुन १५ देखि २६ गतेसम्म पर्वतमा आयोजना भएको कार्यक्रममा चौहान गीत गाउन पुगेकी थिइन् । केही गीत गाइसकेपछि उनले अन्तिम गीत भन्दै साउण्डका प्राविधकलाई लेबल मिलाउन भनेकी थिइन् ।

त्यसपछि साउण्ड सिस्टम मिलाउन बसेका प्राविधिकले पहिला आफ्नो भोकललाई क्लियर गरेर लेबल माग्न भने ।

त्यसपछि उनीहरुबीच विवाद भयो ।

माइक समाएर गाउन तयार रहेकी चौहानले माइकबाटै साउण्ड सिस्टमका प्राविधिकलाई भनिन् ।

यस्तो छ एलिना र प्राविधको वादविवाद

एलिना: लेबल मिलाउनू
प्राविधिक: पहिला आफ्नो भोकललाई क्लियर गर्नु र हामीसँग लेबल माग्नु
एलिना: पहिला तपाईं यहाँ आएर सुन्नु न!

प्राविधिक: पहिला भोकल क्लियर गर्नु न

एलिना: तपाईंको बोल्ने ढंग सुधार्नु । आफ्नो गल्ती देख्नुहुन्न? यहाँ आएर सुन्नु न एकपटक ।

त्यसपछि दर्शक दीर्घबाट होहल्ला हुन्छ ।

एलिना: तपाईले मलाई सिकाउन पर्दैन । नाच्न जान्दैन आँगन टेढो भन्या यही हो ।

प्राविधिक: तपाईंसँग हामीले धेरै काम गरिसकेका छौं ।

त्यसपछि बाहिर चर्को हुटिङ हुन्छ ।


क्लिकमान्डु