हिमालय सिमापार वाणिज्य संघमा कार्की निर्वाचित



काठमाडौं । नेपाल हिमालय सिमापार वाणिज्य संघले रामहरी कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

मतदान प्रणालीमार्फत ४ सय ३४ मत ल्याएर कार्की बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोपसाङ्ग शेर्पाले ४ सय २१ मत प्राप्त गरेका थिए । यस्तै ४ सय ४२ मत ल्याएर वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर घिमिरे (सागर) बिजयी भएका छन् ।

महासचिबमा ४ सय ४३ मत ल्याएर रामचन्द्र पराजुली बिजयी भएका छन भने सचिबमा ७ सय ६ मत ल्याएर बिकासप्रसाद रिसाल, ५ सय ९० मत ल्याएर आङ्गदोर्जे शेर्पा, ५ सय ८७ मत ल्याएर तुलसी राउत(श्याम) र ६ सय ७२ मत ल्याएर सुब्बा श्रेष्ठ बिजयी भएका छन् । संघमा ४ जना सचिव रहने व्यवस्था गरिएको छ ।

संघको प्रथम उपाध्यक्षमा सुरेश श्रेष्ठ, उपाध्यक्षमा सुजित बस्नेत, निराजन श्रेष्ठ, भरतबहादुर कार्की र ओमनाथ घिमिरे, कोषाध्यक्षमा लालबहादुर बस्नेत र सह कोषाध्यक्षमा सुमनकाजी श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।


क्लिकमान्डु