सडक डिभिजन कार्यालयमा लागेको आगो निभाइयो



काठमाडौं । बिजुलीको तार सर्ट भएर काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार आइतबार दिउँसो दुई बजे बिजुली सर्ट भएर आगलागी भएको थियो ।

अहिले ५ वटा दमकलको सहयोगमा उक्त आगो निभाइसकेको छ । आगलागीबाट केही सामान जलेर नष्ट भएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।


क्लिकमान्डु