गुणस्तर तथा नापतौल विभागले पहिलो पटक पायो महिला महानिर्देशक, जोशी नियुक्त



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन् । विभागले पहिलो पटक महिला महानिर्देशक पाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै उपमहानिर्देशकका रुपमा कार्यरत जोशीलाई महानिर्देशक बनाउने निर्णय गरेको थियो ।

यसअघि यही माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेसँगै रिक्त भएको पदमा विभागीय मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन् ।


क्लिकमान्डु