कुमारी बैंकको नाफा घट्यो, खराब कर्जा ५ प्रतिशत नजिक



काठमाडौं । कुमारी बैंकले पुस मसान्तसम्म ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १४.३१ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ७७ करोड १८ लाख ३४ हजार रुपैयाँ ऋणात्मक रहको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.०१ प्रतिशतले बढेर ५ अर्ब ७२ करोड ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन आम्दानी ५.०८ प्रतिशत घटेर १ अर्ब ४९ करोड ३५ लाख १७ हजार रुपैयाँ रहेको छ ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ रहेको छ । बैंकले ३ खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा बैंकको प्रति सेयर आम्दानी ६ रुपैयाँ ६१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा रहेको छ । बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु