२१ सहसचिवको सरुवा, भन्सार विभागका उपमहानिर्देशक मधेश प्रदेशमा



काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूलाई सरुवा गरेको हो ।

सरकारले भन्सार विभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई मधेश प्रदेशको अर्थमन्त्रालयमा सरुवा गरेको छ । भन्सार मूल्यांकन र जाँच पासमा कडाइ गरेपछि स्वार्थ समूह पोखरेलसँग आतंकित थिए ।

सामान्यतया प्रदेशमा सिनियर सहसचिवहरुलाई पठाउने अभ्यास थियो । तर जुनिर भए पनि पोखरेललाई प्रदेशमा पठाइएको छ।

त्यस्तै सहसचिव नारायणप्रासद रिसालको अर्थमन्त्रालयमा सरुवा भएको छ । त्यस्तै सहसचिव बासुदेव दाहाल गृहमन्त्रालय सरुवा भएका छन् भने छबिन्द्र पराजुली कोशी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा सरुवा भएका छन्

कसको कहाँ भयो सरुवा ?


क्लिकमान्डु