युनाइटेड मेवा खोलाले आइपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रवन्धक




काठमाडौं । मेवा खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । यसका लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ ।

आइपीओ निष्कासन गर्ने सम्बन्धमा सोमबार सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना मेवा खोला जलविद्युत आयोजना ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।


क्लिकमान्डु